युनाइटेड इदि मर्‍दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
युनाइटेड इदि मर्‍दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने

पोखरा, साउन १८ — युनाइटेड इदि मर्‍दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको २०८१ साल चैत ११ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो।

उक्त कार्यान्वयनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौता पत्रमा युनाइटेड इदि मर्‍दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष श्री रोशन के.सी. र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मन्दिप लुइंटेलले हस्ताक्षर गरेका छन्।

कम्पनीले पछिल्लो तीन वर्षदेखि नगद लाभांश तथा बोनस शेयर वितरण नगरेको अवस्थामा रहेको छ। कम्पनीको हालको अधिकृत पूँजी रु. ७.९१ करोड रहेको छ। १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. १५.८२ करोड पुग्नेछ।

कम्पनीको रजिष्टर कार्यालय पोखरा महानगरपालिका–१७, धारिपाटनमा रहेको छ भने सम्पर्क कार्यालय कुपण्डोल, ललितपुरमा रहेको छ। कम्पनीद्वारा प्रवर्द्धित दर्पुखोला जलविद्युत आयोजना (७ मेगावाट) कास्की जिल्लाको मादी गाउँपालिका–६ र ७ मा अवस्थित छ र २०७६ साल श्रावणदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ।

कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त रकम अन्य जलविद्युत आयोजनामा लगानी गर्ने योजना समेत बनाएको छ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad