एनएमबि ५० को १२ करोड इकाई म्युचुअल फन्ड भर्ने समय लम्बियो, भदौ १० गते अन्तिम दिन


Nepali Paisa 2076-4-17


Nepali Paisa

काठमाडौं : एनएमबि ५० ले बिक्री खुला गरेको १२ करोड इकाई म्युचुअल फन्डमा आवेदन दिने समय लम्बिएको छ । पहिलो चरणको समय बिहीबार (साउन १६ गते) सम्म आवश्यक मात्रमा आवेदन नपरेपछि समय लम्बिएको हो । यसमा अब भदौ १० गतेसम्म आवेदन दिन सकिने छ । 

एनएमबि क्यापिटलले साउन १३ गतेदेखि ‘एनएमबि ५०’ को १२ करोड इकाई म्युचुअल फन्ड खुला गरेको हो । यसमध्ये बिज पुँजी वापत १४% कोष प्रवद्र्धक एनएमबि बैंक र १% योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

एनएमबि ५० मा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । 

Read More
  • Financial Notices