जब लाग्यो असार, विकास खर्चमा हतार


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
जब लाग्यो असार, विकास खर्चमा हतार

काठमाडौं : आर्थिक वर्ष ०८१/८२ सकिन अब दुई सातामात्रै बाँकी छ । तर, विकास खर्चको लक्ष्य भने आधा पनि पूरा भएको छैन । असार सकिनलाग्दा हतारहतार खर्च बढाउने प्रयत्न गरिएको छ । तर, आवको अन्तिम–अन्तिममा गरिने हतारहतारको विकासले प्रतिफल भने राम्रो नदिने अर्थविद्हरूको भनाइ छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी पुँजीगत खर्च लक्ष्यअनुसार नहुनुको मुख्य कारण बजेट निर्माण प्रक्रिया प्रणाली अझै वैज्ञानिक बन्न नसकेको तर्क गर्छन् । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार १७ गतेसम्म पुँजीगत (विकास) खर्च वार्षिक लक्ष्यको ४६.१२ प्रतिशतमात्रै भएको छ । अर्थात्, १ खर्ब ६२ अर्ब ४९ करोड ४८ लाख रुपैयाँमात्रै विकासतर्फ खर्च भएको छ । गत आर्थिक वर्षको यही अवधिमा यस्तो खर्च लक्ष्यको ४८.२८ प्रतिशत भएको थियो । अर्थात् १ खर्ब ४५ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ सरकारले पुँजीगत खर्च गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा २.१६ प्रतिशतले पुँजीगत बजेट कम खर्च भएको छ । तर, यो वर्ष प्रतिशतमा विकास खर्च कम भए पनि रकमको आधारमा भने बढी नै छ ।

Read More
  • EBL Ad news