नेपाल बैंक Nepal Bank Limited ले चालु आर्थिक वर्षमा खराब कर्जा असुलीमा आक्रमक नीति लिने भएको छ। बैकले यस आर्थिक बर्ष मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खराब कर्जा असुली गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ।
बैंकका प्रवक्ता विश्वराज बरालले बैकले नगदमै १ अर्ब भन्दा बढी खराब कर्जा असुल गर्ने लक्ष्य लिएको बिजपाटीसंगको कुराकानीमा बताएका छन। बैकंले मोटो रकम कर्जा लगानी गरेका व्यवसायबाट खराब कर्जा असुलीलाई प्राथमिकतामा राखेको बरालले बताए।
नेपाल बैंकले स्वर्गीय दिवाकर गोल्छाको नेतृत्त्वमा रहेको भृकुटी कागज कारखाना र पोखराको फुलबारी होटलमा गरेको लगानी असुलीलाई प्राथमिकतामा राखेको छ। गोल्छा समुहको अलवा काभरा र कन्क्राफ्ट समुहको समेत लगानी रहेको भृकुटी कागज कारखानामा नेपाल बैंकको नेतृत्त्वमा २०५१/०५२ सालमा नेपाल बैंकको नेतृत्त्वमा हिमालयन र साबिकको नेपाल एनआईडिसी डेभलपमेन्ट बैंक अर्थात हालको राष्ट्रिय बाणिज्य बैंकले समेत लगानी गरेका छन। उक्त कर्जा लगानीको साँवा मात्र हाल १ अर्ब ३१ करोड पुगिसकेको छ। जसमध्ये नेपाल बैंकको मात्र ७९ करोड रहेको छ ।
........







