हिमाल दोलखा हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?



Nepali Paisa

काठमाडौं : हिमाल दोलखा हाइड्रोपावरको आइपीओमा २८ लाख ५५ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबारसम्म ६६ हजार ५८२ जनाले २८ करोड ५५ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ भरेका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

हिमाल दोलखाले असार २५ गतेदेखि कुल ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । साथै, २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
 

Read More
  • Financial Notices