नेपाल इन्सुरेन्सले भदौ ८ मा डाक्यो एजीएम, बुक क्लोज कहिले ?


Nepali Paisa 2076-4-16


Nepali Paisa

काठमाडौं : नेपाल इन्सुरेन्सले भदौ ८ गते ७० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको बुधबार (साउन १५ गते) बसेको सञ्चालक समितिको बैंठकले भदौ ८ मा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा यसअघि घोषित ७.५% बोनस सेयर प्रस्ताव पेश हुनेछ । तर बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ ।

साधारण सभा कार्की एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गर्नेछ ।

Read More
  • Financial Notices