भारतीय पञ्जाब नेशनल बैंकको साझेदारी रहेको एभरेष्टको प्रगतिलाई कसरी हेर्ने ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
भारतीय पञ्जाब नेशनल बैंकको साझेदारी रहेको एभरेष्टको प्रगतिलाई कसरी हेर्ने ?

एभरेष्ट बैंक (EBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गरेको प्रगतिलाई हेर्दा केही आशलाग्दा दृश्यहरु देखिएका छन्। भारतीय पञ्जाब नेशनल बैंकको साझेदारी रहेको  बैंकले आफ्नो व्यवसायीक वृद्धि र विकासलाई जोड दिँदै खराब कर्जा अनुपात घटाएर जोखिमको मात्रालाई कम गरी खुद नाफा र प्रतिशेयर आम्दानी पनि १८% हाराहारीमा बढाएको छ। 

एभरेष्ट बैंकले बिहीबार गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड खुद नाफा तथा २ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५८ करोड खुद नाफा र दुई अर्ब ७० करोड रुपैयाँ आर्जन गरेको थियो।

गत आर्थिक वर्षमा बैंकले आर्जन गरेको वितरण योग्य मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

अघिल्लो वर्ष नगद लाभांश बाँडेर आठ अर्ब दश करोड चुक्ता पूँजी रहेको बैंकको पूँजी कोषमा संकुचन आएको छ भने निक्षेप संकलन लागत, कर्मचारी र सञ्चालन खर्चमा वृद्धि देखिएको छ ।

गत आवको चौथो त्रैमाससम्म १ खर्ब २९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा लगानी गरेको बैंकले ५ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १२ र कर्जा १६ प्रतिशत बढीले बढाएको बैंकको खुद ब्याज आम्दानी करिब १६ प्रतिशतले बढोत्तरी भएको छ । जसबाट बैंकको बैंकको प्रतिशेयर आम्दानी करिब ६ रुपैयाँ बढेर ३७ रुपैयाँ ५७ पैसा पुगेको छ ।

Read More
  • EBL