नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले सांसदलाई जारी गर्‍यो ह्वीप


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले सांसदलाई जारी गर्‍यो ह्वीप

काठमाडौं : सत्तारुढ नेकपा एमालेले नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। शुक्रबार एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रम आइतबार निर्णयार्थ पेस हुने भन्दै अनिवार्यरुपमा उपस्थित हुन ह्वीप जारी गरेका हुन्।

एमालेले ह्वीपमा भनेको छ, ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमु लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ।’

Read More
  • MBL - below news
  • EBL Ad news