२६ वैशाख, काठमाडौं । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार एक वक्तव्य जारी गर्दै देशभरि इन्धनको पर्याप्त मौज्दात रहेको बताएको छ । कर्पोरेसनले जनतालाई आतिनुपर्ने कुनै आवश्यकता नरहेको बताएको हो ।
इन्डियन आयलको आधिकारिक एक्स एकाउन्टबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको मौज्दात छ र हाम्रो आपूर्ति प्रणाली सामान्य रूपमा सुचारु छ।’