अमेरिका र चीन बीचको व्यापार युद्धले चर्काे दवावमा भारत, भारतीय उद्योगीहरु लगानी विस्तार गर्न नै डराउन थाले


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अमेरिका र चीन बीचको व्यापार युद्धले चर्काे दवावमा भारत, भारतीय उद्योगीहरु लगानी विस्तार गर्न नै डराउन थाले

भारत र पाकिस्तान बीच सामरिक युद्ध शुरु भएको छ । भारतले नै शुरु गरेको यो युद्धमा उ पाकिस्तान भन्दा बलियो रहेको सामरिक हतियारहरुको तथ्याङकले स्पष्ट पार्छ ।

त्यसैले पनि हुनुपर्छ भारतको लागि प्रमुख चुनौति पाकिस्तानसँगको हतियार युद्ध भन्दा पनि अमेरिका र चीन व्यापार युद्धले पारिरहेको असर हो ।

अमेरिका र चीनबीचको व्यापार युद्धपछि ती दुवै देशका व्यापारी र सरकारहरुको नजर भारतीय उपभोक्ता बजारमाथि केन्द्रित भएको छ । त्यसमाथि पनि चीनले त निकै वर्ष पहिलेदेखि निरन्तररुपमा भारतीय बजारमा प्रभुत्व जमाउँदै आइरहेको छ । अमेरिकासँगको कर युद्ध पछि त्यो प्रभुत्व झन तीब्ररुपमा बढिरहेको छ । त्यसको एउटा उदाहरण कपडा कारखानाहरुले प्रयोग गर्ने कच्चा धागो हो । चीन विश्वमा सबैभन्दा धेरै कच्चा धागो उत्पादन गर्ने देश हो । तर उसले उत्पादन गर्ने कच्चा धागो युरोप र अमेरिकाका बजारहरुमा पुग्ने गरेपनि भारती बजारमा भने प्रभुत्व जमाउन सकेको थिएन । किनकी भारतले आफ्नो देशलाई चाहिने अधिकांश कच्चा धागो स्थानीय उत्पादन गर्छ, अपुग केही धागो बंगलादेशबाट आयात गर्छ । तर, जब अमेरिका र चीनबीच व्यापार युद्ध शुरु भयो, चिनीयाँ व्यापारीहरुको सम्पूर्ण ध्यान भारतीय बजारमा केन्द्रित भयो । चिनीयाँ व्यापारीहरुले यति सस्तो धागो भारतीय बजारमा उपलब्ध गराइरहेका छन् कि भारतीय उद्योगहरुले त्यो लागतमा कुनै पनि हालतमा उत्पादन गर्न सक्दैनन् ।

Read More
  • MBL - below news
  • EBL Ad news