वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने

बारा । वनलाई आयआर्जन र सम्पत्तिसँग जोड्ने प्रचलित उखान हो– ‘हरियो वन नेपालको धन’ । वनलाई सही ढङ्गले व्यवस्थापन गर्न सके त्यसबाट सरकारले वार्षिक अर्बौं रुपैयाँ राजस्व सङ्कलन र ठुलो रोजगारी सिर्जना गर्नसक्ने देखिन्छ ।

वन अनुसन्धान केन्द्रले सन् २०२२ मा गरेको ‘वन स्रोत सर्वेक्षण’ ले वन पैदावारबाट मुलुकभित्र ठुलो परिमाणमा राजस्व सङ्कलन र रोजगारी सिर्जना हुने देखाएको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान विभागका प्राध्यापक डा. राजेश राई वनलाई सही ढङ्गले व्यवस्थापन गर्न सके वार्षिक ४० अर्ब राजस्व र १२ अर्ब रुपैयाँभन्दा बढीको रोजगारी मुलुकभित्रै सिर्जना हुने दाबी गर्दछन् ।

Read More
  • MBL - below news
  • EBL Ad news