काठमाडौं : भारत र पाकिस्तानबीचको तनाव फेरि चर्किएको छ । यसबीच पाकिस्तानले चीनमा बनेका हतियारहरुको प्रयोग गरेको खबर आएपपछि चिनियाँ रक्षा क्षेत्रका कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएको सीएनबीसीले लेखेको छ ।
पाकिस्तानका सरकारी सञ्चार माध्यमका अनुसार विदेशमन्त्री इशाक दारले बुधबार भारतको वायु सेनासँग भएको भिडन्तमा पाकिस्तानले चीनमा निर्मित 'जे-१०सी' लडाकु विमान प्रयोग गरेको दाबी गरेका छन् । उक्त विमान 'एभिएसन इन्डस्ट्रि कर्पोरेसन अफ चाइना (एभीआइसी)' ले आफ्नो सहायक कम्पनी 'एभीआइसी छेङ्दु एयरक्र्याफ्ट' मार्फत निर्माण गर्दै आएको छ ।








