राष्ट्रपतिद्वारा बैंकिङ कसुर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रपतिद्वारा बैंकिङ कसुर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकलाई बुधबार प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ।

केही दिनअघि संघीय संसद्का दुवै सदनबाट पारित भएको यस विधेयकले बैंकिङ प्रणालीसँग सम्बन्धित केही महत्वपूर्ण सुधारहरू ल्याउनेछ। यसमा विशेष गरी खातामा रकम नभइ चेक जारी गर्न नपाउने व्यवस्था गरिएको छ। साथै, चेक अनादरमा जरिवाना र कैद सजायको प्रावधान पनि राखिएको छ। यो विधेयकले मिलापत्रको प्रक्रिया पनि स्पष्ट गर्दै, कसुर गर्ने व्यक्तिहरूसँग सहकार्यको अवसर दिन सक्ने व्यवस्था गरेको छ।

Read More
  • EBL Ad news