कानुन अनुसार कर्मचारीले कति समय काम गर्नु पर्छ? जानौँ, ओभरटाइमको नियम र तलब कति हुनुपर्छ!


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कानुन अनुसार कर्मचारीले कति समय काम गर्नु पर्छ? जानौँ, ओभरटाइमको नियम र तलब कति हुनुपर्छ!

काठमाडौं – हजारौं कर्मचारीहरू दैनिक आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्, तर धेरैलाई थाहा छैन, उनीहरूले गरिरहेको ओभरटाइम कानुनी रूपमा उचित छ कि छैन। चितवनका सुरेश शर्मा सिमेन्ट फ्याक्ट्रीका एक कर्मचारी हुन, उनी  बिहान १० बजे हाजिर भएर राति ८ बजे घर फर्किन्छन्, महिनामा २० घण्टा भन्दा बढी ओभरटाइम गर्छन्, तर उनीहरूलाई आफ्नो अधिकार र कानुनी प्रावधानबारे स्पष्ट जानकारी छैन। यस्तै अनभिज्ञताका कारण धेरै श्रमिकहरू वर्षौंदेखि शोषित भइरहेका छन्। श्रम ऐन, २०७४ मा कामको समय, ओभरटाइमको सीमा, र त्यसबापत पाउनुपर्ने अतिरिक्त तलबको स्पष्ट व्यवस्था गरिएको छ, तर जानकारीको अभावमा कानुन पुस्तिकामा मात्र सीमित छ। यसले देखाउँछ, कामको अधिकार मात्र होइन, त्यसको जानकारी पनि समान रूपमा आवश्यक छ।

नेपालको श्रम ऐनले कर्मचारीहरूको नियमित कार्य समय ८ घण्टा प्रति दिन र ४८ घण्टा प्रति हप्ता मात्र तय गरेको छ। यस समयमा कुनै पनि कर्मचारीले काम गर्नुपर्ने अनिवार्य कर्तव्य हो। यदि कामको आवश्यकता अनुसार कर्मचारीलाई बढी समय काम गराउनुपर्छ भने त्यो "ओभरटाइम" मा गनिन्छ र यसको निश्चित सीमा र तलबको व्यवस्था गरिएको छ।

ओभरटाइमको कानुनी सीमा र तलब:

श्रम ऐन, २०७४ अनुसार, कर्मचारीलाई दैनिक ४ घण्टा र साप्ताहिक २४ घण्टा भन्दा बढी ओभरटाइम गराउन सकिँदैन।

यदि कर्मचारीले ओभरटाइममा काम गर्छन् भने उनको तलब १.५ गुणा (डेढ गुणा) हुनुपर्छ। उदाहरणका लागि, यदि कुनै कर्मचारीको नियमित तलब प्रति घण्टा रु. २०० छ भने ओभरटाइमको तलब प्रतिघण्टा रु. ३०० हुनेछ।

कर्मचारीको हक र अधिकार बुझ्नुपर्ने केवल कामदार मात्रै होइन,  रोजगारदाता पनि हो। धेरै रोजगारदाताहरूले ओभरटाइमको आवश्यकता भएपनि कानुनी दायराभित्रै रहनुपर्छ र कामदारको हकको उल्लङ्घन नगरी आफ्नो संस्थाको कार्य संचालन गर्नु पर्छ। 

अतः, कामदारहरूले आफ्नो अधिकार र जिम्मेवारी थाहा पाउनुपर्नेछ र नियोक्ताले श्रम ऐनको पालना गरेर एक स्वस्थ कार्य वातावरण सिर्जना गर्नु पर्छ।

  • MBL - below news