सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य रु. १००।- दरको १२,५०,००० कित्ता साधारण शेयरहरु सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्झौतामा मिति 2082 बैशाख १६ गते सोमबारको दिन ग्लोबल आईएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नरसिंह, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा सुप्रिम हेल्थ केयर लिमिटेडको तर्फबाट अधिकृत प्राप्त कार्यकारी सञ्चालक श्री मुकेश शर्मा र ग्लोबल आईएमई क्यापिटल लिमिटेडको तर्फबाट अधिकृत प्राप्त प्रमुख कार्यकारी अधिकृत श्री मिलन चुडालिले सम्बन्धित पत्रमा हस्ताक्षर भएको छ। विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको प्रवर्द्धन विना दे वर्षदेखि लगातार नाफा कमाउन सफल यस सुप्रिम हेल्थ केयर लिमिटेड वी.स. 2066 सालमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्वास्थसेवामा आबद्ध कम्पनी हो। यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ, भने सम्पर्क कार्यालय गहटनास्थली काठमाण्डौंमा रहेको छ।
WHO-GMP र ISO बाट प्रमाणित कम्पनीको आफ्नै अनुसन्धन तथा विकास विभाग रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको छ। यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको आफ्नै अनुसन्धान तथा विकास (R&D) विभाग समेत सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी औषधि उत्पादक कम्पनीको रूपमा स्थापित यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, सस्पेन्शन, क्रीम, लोशन र सोलुसन लगायतका ५८ भन्दा बढी उत्पादनमध्ये ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ। नेपालको प्रमुख अस्पताल, फार्मेसी र चिकित्सक क्षेत्रको विश्वास जित्दै आएको यस कम्पनीले नेपालको सर्वाधिक बिक्री हुने PANDOM-D SR (पेन्टोडोम-डी एसआर) नामक गुणस्तरीय उत्कृष्ट औषधि समेत बनाउँदै आएको हुँदा One of the most popular brand in Nepal भन्न सकिन्छ। यसबाहेक Amlospire– (एम्लोस्पायर-ए), Atospire-20 (एटोस्पायर-२०), Metspire-G2 Forte (मेटस्पायर-जी टु फोर्ट), Rospire-20 (रोस्पायर–२०), Telspire-20 (टेलस्पायर–२०), Azisup-500 (एजिसप–५००), ENDPAN Gel (एण्डप्यान जेल), Superzole-100 (सुपरजोले–१००), Cilipine -5/10 (सिलिपिन–५/१०), Amlospire- AT (एम्लोस्पायर–एटी), Glipire (ग्लिपायर) र Aslos 25-H (एसलोस २५–एच) लगायतका गुणस्तरीय औषधिहरु समेत बनाउँदै आएको छ। कम्पनीले औषधि उत्पादन तथा वितरणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सम्बन्धी जन स्वास्थ्य साक्षरता वृद्धि कार्यक्रमहरु सञ्चालन गर्दै समाजमा सकारात्मक प्रभाव पारेको आइआरसीको विश्वास रहेको छ।