काठमाडौं : एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको बन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ५० लाख इकाई बन्ड बिक्री गर्न अनुमति मागेको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी ३० लाख इकाई बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ ।