काठमाडौँ — अघिल्लो बिहीबार नेपाल सरकारसँगको औपचारिक छलफलमा सामाजिक सञ्जाल प्लाटफर्म मेटाका प्रतिनिधिले नेपालमा सूचीकृत हुन दिइएको अन्तिम समयसीमाभित्र आफ्नो जवाफ पठाउने प्रतिबद्धता जनाए पनि अझै कुनै जवाफ पठाएका छैनन् । यसबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत नहुने सामाजिक सञ्जाल प्लाटफर्मलाई बन्द गर्दा कस्तो प्रभाव पर्छ भन्नेबारे अध्ययन अघि बढाएको छ ।