काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५२ हजार ७२९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ ।
कम्पनीले संस्थापकतर्फ ६३ दशमलव ८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव १३ प्रतिशत शेयर स्वामित्व कायम गर्न संस्थापकतर्फको उल्लेखित कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो ।
दोस्रो बजारमा कम्पनीको ६२ लाख ९० हजार ५१५ दशमलव ६४ कित्ता शेयर सूचीकृत रहेको छ ।