बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहित ६ विरुद्ध डेढ अर्बको वनमुद्दा दायर


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहित ६ विरुद्ध डेढ अर्बको वनमुद्दा दायर

काठमाडौँ — सर्लाहीस्थित सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला वन कार्यालय सर्लाहीले बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, उपमेयर लीलाकुमारी मोक्तानसहितलाई प्रतिवादी बनाएर जिल्ला अदालत मलंगवामा मुद्दा दायर गरेको छ ।

वन कार्यालयले थापा र मोक्तानसहित तत्कालीन जिल्ला समन्वय समिति प्रमुख मिथुर चौधरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेल, लेखा अधिकृत विश्वराज पोख्रेल र नगरपालिकाका तत्कालिन इन्जिनियर सागर पौडेलविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । थापा गत स्थानीय तह निर्वाचनमा माओवादीबाट मेयरमा निर्वाचित भएका थिए ।

Read More