११ वैशाख, काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गरिरहे पनि कर विवरण पेस नगरेका ४८ हजारभन्दा बढी करदाताको नाम सार्वजनिक गरेको छ ।
लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।