फेरि नेप्से पुनर्संरचनाको प्रस्ताव गरिँदै, शेयर संरचनाको विषय सञ्चालक समितिले टुङ्ग्याउने


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
फेरि नेप्से पुनर्संरचनाको प्रस्ताव गरिँदै, शेयर संरचनाको विषय सञ्चालक समितिले टुङ्ग्याउने

हरेक पटक नयाँ प्रमुख कार्यकारी अधिकृत आएपछि व्युतिने गरेको नेप्से पुनर्संरचनाको विषय फेरि व्युताउन लागिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नयाँ प्रमुख कार्यकारी अधिकृत आए लगत्तै उक्त विषय व्युताउन लागिएको हो।

खासगरि भर्खरै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझाएको छ। आयोगले बुझाएको प्रतिवेदनमा नयाँ स्टक एक्सचेन्ज ल्याउने भन्दा बढी नेप्सेको पुनर्संरचना गर्नुपर्ने उल्लेख छ। उक्त प्रतिवेदनले नेप्सेको  पुनर्संरचनाको विषयलाई प्राथमिकतामा राखेपछि नेप्से पुनर्संरचना गर्नको लागि एक्टिभ भएको हो।

नेप्सेका भर्खरै आएका प्रमुख कार्यकारी अधिकृत चुणामणि चापागाईँले नेप्से व्यवस्थापनलाई पुनर्संरचनाको नयाँ प्रस्ताव बनाउन व्यवस्थापनलाई जिम्मेवारी दिएका छन्। जिम्मेवारी पाए लगत्तै व्यवस्थापन नयाँ प्रस्ताव बनाउन कस्सिएको बताइएको छ।

“नेप्सेको पुनर्संरचनाको नयाँ प्रस्ताव तयार गर्न व्यवस्थापनलाई जिम्मेवारी आएको छ। हामी नयाँ प्रस्ताव बनाउन लागि परेका छौ,” नेप्से व्यवस्थापनका एक उच्च अधिकारीले मेरो लगानीसँग भने। उनका अनुसार नयाँ प्रस्ताव व्यवस्थापनले तयार गर्ने छ। तर पुनर्संरचना गर्दा कसको के कति शेयर हिस्सा राख्ने त्यो भन्ने जिम्मेवारी भने नेप्से सञ्चालक समितिलाई दिइने छ।

यस पटक मात्रै नयाँ प्रस्ताव गरिएको होइन। यसअघि धेरै पटक नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव गरिसकिएको छ। तत्कालीन नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले पनि नेप्सेको शेयर बिक्री गर्ने गरी पुनर्संरचनाको फाइल अघि बढाएका थिए। खासगरि त्यस बेला अर्थमन्त्रीमा डा.रामशरण महत थिए। उनैको ग्रिन सिग्नल आएको कारण थपलियाले पुनर्संरचनाको प्रस्ताव गरेका थिए। तर डा. महत गएपछि भने उक्त प्रस्ताव अघि बढ्न सकेन।

Read More