काठमाडौं : पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार (वैशाख ११ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार भोलि बिहान ८.३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
यता, पियोर इनजीको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर हात पार्नेछन् ।