काठमाडौं महानगरपालिकाले २०८२ बैशाख ७ गतेसम्ममा ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो ।
यस शीर्षकमा आर्थिक वर्ष २०८०÷०८१ मा १ अर्व ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँ संकलन भएको थियो । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार यस शीर्षकमा चालु आर्थिक वर्षमा २ अर्व ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ वढी राजस्व संकलन भएको हो ।