वाणिज्य बैंकको ४१ अर्ब २४ करोड नाफा, सबैभन्दा कमजाेर बैंकमा एनआइसी एशिया, जानौं कुन बैंकको कति?


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
वाणिज्य बैंकको ४१ अर्ब २४ करोड नाफा, सबैभन्दा कमजाेर बैंकमा एनआइसी एशिया, जानौं कुन बैंकको कति?

काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) सम्म वाणिज्य बैंकहरूले जम्मा ४१ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा ११ वटा बैंकले आफ्नो नाफा बढाएका छन् भने ९ वटा बैंकहरूले नाफामा गिरावट देखाएका छन्।

नबिल बैंकले ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ, जबकि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड र ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएका छन्। यी तीन बैंकहरू नाफामा अग्रणी रहेका छन्।

यता, एनआइसी एशिया बैंकले तेस्रो त्रैमाससम्म मात्र १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन सबै वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा कम हो। एनआइसी एशिया बैंकको नाफा कमजोर हुनको प्रमुख कारण भनेको खराब कर्जा (NPL) मा वृद्धि र इम्पेयरमेन्ट चार्जको अत्यधिक भार रहेको देखिन्छ। यस बैंकले कर्जाको जोखिम व्यवस्थापनका लागि बढी रकम छुट्याउनु परेको छ, जसले नाफामा दबाब सिर्जना गरेको हो।

नाफामा गिरावट आएको अन्य बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टेड, हिमालयन बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र प्राइम बैंक रहेका छन्।

जानाै तेस्राे त्रैमाससम्ममा कुन बैंकले कति नाफा आर्जन गरे ?
Amount in Rs. 000

Bank Name 3rd Qtr, 2081–82 3rd Qtr, 2080–81 Diff (%)
Nepal Bank

2,783,494

130,509

2032.80%

Nepal Investment Mega

4,540,005

3,275,277

38.61%

Global IME Bank

4,534,099

3,306,552

37.12%

Everest Bank

3,457,636

2,608,464

32.55%

Machhapuchchhre Bank

1,102,627

855,446

28.89%

Sanima Bank

1,652,476

1,439,442

14.80%

Nabil Bank

5,051,419

4,668,029

8.21%

NMB Bank

2,373,289

2,241,595

5.88%

Prabhu Bank

1,876,060

1,812,458

3.51%

Nepal SBI Bank

1,203,261

1,164,177

3.36%

Laxmi Sunrise Bank

1,652,163

1,615,903

2.24%

Siddhartha Bank

1,668,260

1,684,090

-0.94%

Standard Chartered Bank

2,173,776

2,447,122

-11.17%

Agricultural Development

1,844,360

2,065,166

-10.71%

Prime Commercial Bank

2,229,304

2,878,746

-22.56%

Citizens Bank

961,893

1,211,410

-20.62%

Rastriya Banijya Bank

1,320,470

2,374,823

-44.29%

Kumari Bank

285,823

1,052,794

-72.85%

Himalayan Bank

500,048

1,948,181

-74.33%

NIC Asia Bank

156,775

1,914,981

-91.81%

Total

41,251,138.00

40,683,171.00

1.40%