गभर्नर बन्ने चर्चाबीच गुणाकर भट्टले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गभर्नर बन्ने चर्चाबीच गुणाकर भट्टले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्।

आज (शुक्रबार) नै राजीनामा बुझाएको भट्टले जानकारी गराएका छन्।

अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले राजीनामा बुझाएको बुझिएको छ। 

त्यसोत यसअघि राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा बुझाएका थिए।

सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो। 

सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ।

Read More
  • MBL - below news