लुम्बिनी विकास बैंकको लोगो पुनः तेस्रो पटक सगरमाथामा पुर्‍याउन तयारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको लोगो पुनः तेस्रो पटक सगरमाथामा पुर्‍याउन तयारी

काठमाडौँ - किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा आगामी दिनमा ३१औं पटक सगरमाथा आरोहणको तयारीमा रहँदा, लुम्बिनी विकास बैंक लिमिटेडले उहाँलाई शुभकामना व्यक्त गर्दै एक विशेष कार्यक्रमको आयोजना गरेको छ।

बैंकसँग स्थापनाकालदेखि नै "निरन्तर सहयात्रा" गर्दै आउनु भएका शेर्पाले यसअघि दुई पटक सगरमाथाको सर्वोच्च शिखरमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर पु-याइसक्नुभएको छ। अब तेस्रो पटक पनि सोही लोगो शिखरतर्फ लगिने पक्का भएको छ।

कार्यक्रमका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कामी रिता शेर्पालाई लोगो अंकित ब्यानर हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना व्यक्त गरे।

कामी रिता शेर्पा करिब दुई दशकदेखि लुम्बिनी विकास बैंकसँग प्रत्यक्ष रूपमा आबद्ध हुनुहुन्छ। उहाँले सगरमाथाको ३१औं आरोहण व्यक्तिगत गौरव मात्र नभई परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालको गौरवको विषय भएको बताउनुभयो।

उक्त विशेष क्षणमा लुम्बिनी विकास बैंकले आफ्नो सहयात्रीको साहसिक अभियानलाई समर्थन गर्न पाएकोमा गर्व महसुस गरेको जनाएको छ।

देशका सातै प्रदेशमा आफ्नो उपस्थिति जनाउँदै आएको लुम्बिनी विकास बैंक लिमिटेडले हाल ८९ वटा शाखा र एक विस्तारित शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” भन्ने मूल नारासहित बैंकले आधुनिक, सुरक्षित र नविनतम प्रविधियुक्त सेवा प्रवाहमा जोड दिँदै आएको छ।

  • MBL - below news