ठूला व्यवसायीको आयमा सुधार, चैतमा २२ प्रतिशतले बढ्यो ठूला करदाता कार्यालयले उठाउने राजस्व


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
ठूला व्यवसायीको आयमा सुधार, चैतमा २२ प्रतिशतले बढ्यो ठूला करदाता कार्यालयले उठाउने राजस्व

ठूला करदाताको आयमा सुधारको संकेत देखिएको छ।

वार्षिक एक अर्ब रूपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताको कर प्रशासन गर्ने कार्यालय ठूला करदाता कार्यालयबाट संकलन हुने राजस्वमा देखिएको बढोत्तरीले यो संकेत देखाएको हो।

चैत महिनामा मात्रै यो कार्यालयले ३३ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको चैत महिनाको तुलनामा अहिले २२ प्रतिशतले राजस्व बढेको कार्यालयले जनाएको छ।

आयकर संकलनको लागि पुस, चैत र असार महिना महत्त्वपूर्ण मानिन्छ। आयकर ऐनको व्यवस्था अनुसार करदाताले पुस एक महिनामा सम्बन्धित आर्थिक वर्षमा हुनसक्ने आयको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत बुझाउनु पर्ने हुन्छ। त्यस्तै चैत र असारमा थप ३०/३० प्रतिशत कर बुझाउनु पर्ने हुन्छ।

Read More
  • EBL Ad news