ट्रम्पले चीनमा बन्ने स्मार्टफोनमा रेसिप्रोकल भन्सार छुट दिएपछि टर्‍यो एप्पलको संकट


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
ट्रम्पले चीनमा बन्ने स्मार्टफोनमा रेसिप्रोकल भन्सार छुट दिएपछि टर्‍यो एप्पलको संकट

अमेरिकाले चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानहरूमा रेसिप्रोकल (पारस्परिक) भन्सार दर नलगाउने भएपछि आइफोन बनाउने एप्पल कम्पनीका लागि ठूलो संकट टरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च रेसिप्रोकल महसुल लगाउने घोषणा गरेका थिए। त्यसपछि पटक-पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका थिए। जसका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको थियो। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएका थिए।

Read More
  • KBL Ad