एरो फर्मास्युटिकल्सको १५ लाख कित्ता शेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एरो फर्मास्युटिकल्सको १५ लाख कित्ता शेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल नियुक्त

रो फर्मास्युटिकल्स लि. ले प्रति शेयर अंकित मुल्य रु.१००।– दरको १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मिति २०८१ चैत्र २८ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एरो फर्मास्युटिकल्स लि.को को तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 

अधिकृत पुँजी रु.१ अर्ब र जारी पुँजी रु.७५ करोड रहेको यस फर्मास्यूटिकल्सको कर्पोरेट अफिस काठमाण्डौं महानगरपालिका वडा नं. ३ बसुन्धरामा रहेको छ भने भक्तपुरको सुडालमा औषधि उत्पादन गर्ने कारखाना रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको लगानी रहेको छ । विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुद्वारा प्रवद्र्धित यस फर्मास्यूटिकल्स कम्पनी आर्थिक वर्ष २०७१/०७२ मा प्रा.लि.को रुपमा स्थापना भई आर्थिक वर्ष २०८०/०८१ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको हो । विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट्स, क्याप्सुल्स, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधिहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएकोमा हाल १०७ ब्रान्डका औषधिहरु बजारमा छन । कम्पनीले विशेष रुपमा उच्च रक्तचाप/मधुमेहमा प्रयोग हुने, एन्टिबायोटिक्स लगायतका गुणस्तरीय औषधिहरुको उत्पादन गर्दछ । कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरुको पनि उत्पादन शुरु गरेको छ । कम्पनीबाट उत्पादित औषधिले नेपालको बजारमा उल्लेख्य हिस्सा ओगट्न सफल भएको छ भने निकट भविष्यमा अन्य मुलुकमा पनि निर्यात गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार WHO GMP प्रमाणपत्र हासिल गरेको छ । फर्मास्यूटिकल्स कम्पनीहरुमध्ये प्रतिष्ठित कम्पनीको रुपमा स्थापित यस कम्पनीले शेयरको सार्वजनिक निष्कासन पश्चात् उद्योगको क्षमता अभिवृद्धि गरि बजारको माग बमोजिम थप औषधिहरु उत्पादन गर्ने लक्ष्य लिएको छ । 

  • MBL - below news