काठमाडौं – नेपाल बैंक लिमिटेड र भक्तपुर इन्टरनेशनल हस्पिटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ, जसअनुसार बैंकका कर्मचारी तथा खातावाल ग्राहकहरूले अस्पतालमा विविध स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउने भएका छन्।
भक्तपुरको कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा अब नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका सेवाग्राहीहरूले सेवा शुल्कमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता अनुसार अस्पतालमा उपलब्ध OPD, Gyno & Fertility, Diagnostic and Nutrition & Medical Services सहित Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver, Heart, Kidney, Brain/Neuro, Urology सम्बन्धी स्वास्थ्य सेवा, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Minor तथा Major Operation सेवामा छुट प्रदान गरिनेछ।
नेपाल बैंकले यस किसिमको सहकार्यमार्फत आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।








