पूर्वगभर्नर अधिकारीको सम्पत्ति : सुन र डलर बढ्यो, घरजग्गा स्थिर


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
पूर्वगभर्नर अधिकारीको सम्पत्ति : सुन र डलर बढ्यो, घरजग्गा स्थिर

अधिकारीसँग कुल सम्पत्ति ३ करोड ६९ लाख रुपैयाँ बराबरको छ । त्यसबाहेक २८ हजार ६०८ अमेरिकी डलर रहेको छ । उनको सम्पत्तिमा सुनचाँदी र अमेरिकी डलर बढेको छ भने घरजग्गा स्थिर छ । पाँच वर्षअघि उनीसँग २ हजार ३०२ अमेरिकी डलर सम्पत्ति रहेकोमा अहिले २८ हजार ६०८ डलर पुगेको छ ।

उनको सम्पत्तिमा ९ लाख ८८ हजार रुपैयाँ सुन, चाँदी तथा नगद छ । पाँथ वर्षअघि यो मूल्य ५ लाख ३ हजार रुपैयाँ बराबरको थियो । सार्वजनिक विवरणअनुसार १ करोड ८९ लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड तथा सुरक्षणपत्रमा लगानी रहेको छ ।

Read More
  • KBL Ad