प्रभु बैंकद्वारा गण्डकीमा SME र उपभोक्ता लक्षित सेवा केन्द्र सञ्चालन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकद्वारा गण्डकीमा SME र उपभोक्ता लक्षित सेवा केन्द्र सञ्चालन

प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (MSME) र उपभोक्ता वर्गलाई लक्षित गर्दै ‘SME & Consumer Banking HUB Gandaki’ को औपचारिक उद्घाटन गरेको छ। बैंकको गण्डकी प्रदेश कार्यालय अन्तर्गत सञ्चालनमा ल्याइएको यो सेवा केन्द्रले क्षेत्रीय उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, र लक्षित ग्राहक समूहलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।

उक्त केन्द्रको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख श्री राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उनले उद्घाटन समारोहमा बोल्दै, बैंकको यो नवीनतम पहलले गण्डकी प्रदेशमा रहेका व्यवसायी तथा उपभोक्ताहरूलाई लक्षित, छरितो र सहज सेवा दिने विश्वास व्यक्त गरे। साथै, यस्तो केन्द्रले नयाँ उद्यम सुरु गर्न चाहनेहरूलाई वित्तीय सहजीकरण गर्ने तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उल्लेख गरे।

SME & Consumer Banking HUB Gandaki बाट व्यवसाय विस्तार, परियोजना सञ्चालन, घर निर्माण, सवारीसाधन खरिद, शिक्षा र स्वास्थ्यजस्ता प्रयोजनका लागि आवश्यक ऋण सुविधा तथा वित्तीय परामर्श सेवा उपलब्ध हुनेछ। यसमार्फत द्रुत र प्रभावकारी कागजी प्रक्रिया सुनिश्चित गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार, यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। इच्छुक ग्राहकहरूले प्रभु बैंकको गण्डकी प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन वा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

  • MBL - below news
  • EBL Ad news