गभर्नरको लाइनमा पूर्वसचिव क्षत्री र डा. पाण्डे


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
गभर्नरको लाइनमा पूर्वसचिव क्षत्री र डा. पाण्डे

काठमाडौं । गभर्नर नियुक्तिको प्रक्रिया चलिरहेकै बेला अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको प्रावधानमा संशोधन गर्दै उमेर हद हटाएको छ । मन्त्रालयले सोमबार मनोनयनसम्बन्धी मापदण्ड संशोधन गरेको सार्वजनिक गरेको हो । मन्त्रालयले २७ फागुनमै सो संशोधन गरेको उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयले हटायो गभर्नर हुने उमेर हद

यसअघि गभर्नर बन्नका लागि न्यूनतम ३० वर्षको र अधिकतम ६५ वर्षको उमेर हुनुपर्ने प्रावधान रहेको थियो । यो प्रावधान हटाइएसँगै डा. रवीन्द्र पाण्डे वा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीलाई गभर्नरमा नियुक्ति गरिने सम्भावना बढेको छ ।

उनीहरू दुवै जनाको उमेर ६५ वर्ष नाघिसकेकाले मनोनयनसम्बन्धी मापदण्ड संशोधन गरिएको आँकलन गरिएको छ । कांग्रेस र एमालेले अगाडि सारेका अन्य उम्मेदवारहरू ३० वर्षमाथिका र ६५ वर्षमुनिका भएकाले पाण्डे वा क्षत्रीलाई गभर्नरमा नियुक्ति गर्ने सम्भावना बढेको हो ।

Read More
  • KBL Ad