सुदूरपश्चिमको हिमाली जिल्ला बझाङ्गमा एभरेष्ट बैंकको शाखा विस्तार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सुदूरपश्चिमको हिमाली जिल्ला बझाङ्गमा एभरेष्ट बैंकको शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्षश्री मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशकश्री केशवबहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखश्री उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

मिति २०८१ साल माघ २८ गतेका दिन औपचारीक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।

भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको  ७, ८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि संचालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालीकाप्रती विशेष धन्यवाद व्यक्त गर्दै देशको सम्पुर्ण पालिकामा बैंक तथा वित्तिय संस्थाको पहुँच पु्र्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा संचालन गर्न सकेकोमा बैंक खुशी व्यक्तगर्दछ ।

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

  • MBL - below news
  • EBL Ad news