लुम्बिनी विकास बैंक र होटल वृन्दावनबीच विशेष छुट सम्बन्धी सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक र होटल वृन्दावनबीच विशेष छुट सम्बन्धी सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई होटल वृन्दावन प्रा. लि. मा विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० मा अवस्थित होटल वृन्दावन प्रा. लि. सँग गरिएको यो सम्झौता अनुसार, बैंकका ग्राहकले होटलका विभिन्न सेवामा ३०% सम्मको विशेष छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार, होटल वृन्दावनका कोठा शुल्कमा ३०% तथा खानपान तथा पेय पदार्थमा १०% छुट प्रदान गरिनेछ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावनका प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशभर ७ वटै प्रदेशमा शाखा विस्तार गर्दै कारोबार सञ्चालन गरिरहेको छ। बैंकको हाल ८९ शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) सञ्चालनमा छन्। आधुनिक प्रविधियुक्त सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धतासहित, बैंकले “निरन्तर सहयात्रा” भन्ने नारालाई आत्मसात गर्दै आएको छ।

  • MBL - below news