चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच किसान वर्गलाई लक्षित गरी सहुलियतपूर्ण ऋण प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन समारोहमा कृषि मन्त्री रामनाथ अधिकारीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो। चितवन दुग्ध उत्पादक सहकारीतर्फ अध्यक्ष किशोर बगाले र प्रभु बैंकतर्फ प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो समझौतासँगै प्रभु बैंकले दुग्ध व्यवसायी तथा किसानहरूलाई सहुलियत दरमा कृषि तथा दुग्ध उत्पादनसम्बन्धी कर्जा प्रदान गर्नेछ। बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी सहज बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ।