समृद्धि फाइनान्सद्वारा कृषक समूहलाई लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सद्वारा कृषक समूहलाई लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको खरेन्द्रपुर शाखाले माघ २४ गते कपिलवस्तुको शिवराज नगरपालिका–१०, शीतलापुरमा कृषक समूहलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा ३५ जना स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। 

कार्यक्रममार्फत नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने लगायतका महत्वपूर्ण बैंकिङ जानकारीहरू प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अन्तरक्रियात्मक सत्र समेत सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई वित्तीय सेवा र यसको महत्त्वबारे जानकारी दिन सहयोग गर्यो।

Read More
  • MBL - below news