वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित गरेका छन्।
उनले पहिला मेक्सिको र त्यसलगत्तै क्यानडामा २५ प्रतिशत कर लगाउने आफ्नो योजना स्थगित गर्ने घोषणा गरेका हुन्। उनले मंगलबारदेखि ३० दिनसम्मका लागि उक्त निर्णयमा रोक लगाउने जनाएका हुन्।
क्यानडा र मेक्सिकोले सीमामा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी विरुद्ध कारबाही गर्ने वाचा गरेपछि अमेरिका यो निर्णयबाट पछि हटेको हो।