दुई सय दिनमा शहरी विकास मन्त्रालयको पुँजीगत खर्च १२ प्रतिशत


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
दुई सय दिनमा शहरी विकास मन्त्रालयको पुँजीगत खर्च १२ प्रतिशत

काठमाडौँ । शहरी विकास मन्त्रालयले दुई सय दिनमा  १९.४७ प्रतिशत चालु खर्च गरेको छ भने पुँजीगत तर्फको खर्च १२.२२ प्रतिशत गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको दुई सय दिन (२०८१ माघ १७ गतेसम्म) को प्रगति विवरण अनुसार यस्तो पाइएको हो । 

चालु आर्थिक वर्ष २०८१/८२ मा शहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ हो । जसमध्ये संघ तर्फको बजेट हाल ६८ अर्ब २४ करोड २८ लाख १८ हजार रुपैयाँ रहेको छ । सङ्घतर्फको कुल बजेटमध्ये चालु तर्फ  ४ अर्ब ४५ करोड ८३ लाख २ हजार र पुँजीगत तर्फ ६३ अर्ब ७८ करोड ४५ लाख १६ हजार विनियोजित छ । 

 

Read More
  • KBL Ad