सिद्धार्थ बैंकद्वारा श्री कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
सिद्धार्थ बैंकद्वारा श्री कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण


सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकामा स्थित श्री कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकूद सामाग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक श्री त्रिविक्रम लामिछानेज्यूले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामाग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो । बालबालिकाहरु राष्ट्रका कर्णघार हुन्‌ र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो । यस मान्यतासँगै, बैंकले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरुका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुन्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

  • KBL Ad