साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा–१७, दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई यसपटक पनि आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले एकेडेमीमा आश्रित विद्यार्थीहरूको समग्र विकासका लागि २ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

उक्त सहयोग हस्तान्तरण कार्यक्रम बैंक सञ्चालक समितिका सदस्यहरू रामचन्द्र सिग्देल र अर्जुन थापाले संयक्त रूपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशव राज वराललाई चेक प्रदान गर्दै सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै सञ्चालक अर्जुन थापाले एकेडेमीमा आश्रित विपन्न बालबालिकाहरूलाई सहयोग गर्न पाउनु गर्वको विषय रहेको बताएका छन्। साथै, एकेडेमीले खेलकुदको विकासका लागि गर्दै आएको उत्कृष्ट कार्यको प्रशंसा समेत गरेका छन्।

सहयोग हस्तान्तरणपछि क्लबका अध्यक्ष वरालले बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहयोग रकम एकेडेमीमा आश्रित विद्यार्थीहरूको खाजा र खानाका लागि प्रयोग गरिने जानकारी दिए। कार्यक्रममा बैंकका पोखरास्थित शाखा प्रबन्धकहरू, साहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष विनु राना मगर, सह–कोषाध्यक्ष अशोक लालचन, पूर्व सह–कोषाध्यक्ष लीलबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, सल्लाहकार सुनिल गुरुङ लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

साहारा फुटबल एकेडेमीले हाल कठिन परिस्थितिमा रहेका ४० जना बालकहरूको लालन–पालन, शिक्षा र फुटबल प्रशिक्षणको व्यवस्थापन गर्दै आइरहेको छ। क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दै विपन्न बालबालिकाहरूलाई खेलकुदमार्फत सक्षम व्यक्तित्व बनाउन योगदान पुर्याइरहेको छ।

देशका सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरिरहेको लुम्बिनी विकास बैंकले हाल ८९ शाखा कार्यालय र १ विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालन गर्दै आइरहेको छ। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले उच्चस्तरीय, आधुनिक, र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।