खुलामुखी योजना सञ्चालनका लागि सानिमा क्यापिटलले पायो अनुमति ,१० करोड इकाई निष्कासन गर्ने


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
खुलामुखी योजना सञ्चालनका लागि सानिमा क्यापिटलले पायो अनुमति ,१० करोड इकाई निष्कासन गर्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडलाई खुला मुखी योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति दिएको छ ।

बोर्डले माघ २ गते क्यापिटललाई सानिमा फ्लेक्सी फण्ड नामक खुलामुखी सामूहिक लगानी योजना सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।

उक्त योजना सञ्चालनका लागि क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्नेछ ।

यी इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत सानिमा क्यापिटल लिमिटेडलेनै पुरा गर्नेछ ।

Read More
  • KBL Ad