सानीमा बैंकको मोबाइल बैंकिङमा समस्या, एक घण्टादेखि डिजिटल कारोबार अवरुद्ध


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सानीमा बैंकको मोबाइल बैंकिङमा समस्या, एक घण्टादेखि डिजिटल कारोबार अवरुद्ध

काठमाडाैँ , सानीमा बैंकको मोबाइल बैंकिङ प्रणालीमा आज १ बजेर १५ मिनेटदेखि समस्या आएको छ । जसका कारण डिजिटल कारोबार अवरुद्ध भएको छ। समाचार तयार पार्दा सम्म बैंकले कुनै आधिकारिक सूचना सार्वजनिक गरेको छैन। बैंकका प्रयोगकर्ताहरूले मोबाइल बैंकिङ सेवामा असहजता भोगिरहेका छन् । डिजिटल डिपार्टमेन्टसँग सम्पर्क गर्दा समस्या समाधानमा करिब एक घण्टा अझै लाग्ने जानकारी प्राप्त भएको छ। यस समस्याको कारण र समाधान प्रक्रिया बारेमा बैंकले थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।