बोनस सेयर र नगद लाभांशसहित सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बोनस सेयर र नगद लाभांशसहित सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २०औं वार्षिक साधारण सभा २०८१ पुस २९ गते सोमबार अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सम्पन्न गरेको छ। सभाले बैंकको कुल चुक्ता पूँजी ३,४३,०९,७१,३०२.५५ रुपैयाँमाथि ३.६५१६ प्रतिशतले हुन आउने १२,५२,८४,४१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर भुक्तानी प्रयोजनका लागि ०.१९२२ प्रतिशत नगद लाभांश, अर्थात् ६५,९३,९१७ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३,५५,६२,५५,७१९.५५ रुपैयाँ पुगेको छ।

सभाले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, र मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरूमाथि सहमति प्रदान गरेको छ।

देशभर ११२ शाखा र ३० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले आफ्ना ग्राहकहरूको विश्वास र भरोसालाई थप मजबुत बनाउँदै आगामी दिनमा अझ सशक्त सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

  • MBL - below news