काठमाडौं। सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले शुक्रवार केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच पदभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिले देवकोटालाई चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । बैंकमा आयोजित पदभार ग्रहण कार्यक्रममा देवकोटाले संस्थागत सुशासन र नियामकीय अनुपालना आफ्नो मुख्य प्राथमिकता रहेको बताए । अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई सबल, सक्षम र उदारणीय बैंक बनाउने योजना रहेको पनि बताए ।








