काठमाडौं – एनएमबि बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलको सभापतित्वमा बिहीबार सम्पन्न सभामा बैंकका सञ्चालक, शेयरधनीहरू, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा शेयरधनीहरूले बैंकको वित्तीय प्रगति, उपलब्धि, र भावी योजनाबारे आफ्नो धारणा राखेका थिए। एनएमबि बैंकले २०८१ आषाढसम्म कुल खुद नाफा रु. २ अर्ब २४ करोड आर्जन गरेको छ भने निक्षेप रु. २२७.१० अर्ब र कर्जा प्रवाह रु. २०४.६१ अर्ब पुगेको छ।
हाल बैंकले देशभर २०१ शाखा, १८७ एटीएम, र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आफ्नो सेवा विस्तारलाई डिजिटल बैंकिङमा समेत सशक्त बनाउँदै जाने योजना अघि सारेको छ।