काठमाडौं : महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०.३० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, महुली लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५२.३४ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ४७ हजार ५४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख ११ हजार ३०८ जनाको भने हात खाली हुनेछ ।








