काठमाडाैँ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर "प्रभु डिजिटल क्यूब" सञ्चालनमा ल्याएको छ। यस काउण्टरमार्फत ग्राहकहरूले नगद जम्मा गर्न, नगद निकाल्न, चेक जम्मा गर्न, खाता स्टेटमेन्ट प्रिन्ट गर्न, ATM सेवा र विभिन्न किओस्क मेशिनको माध्यमबाट सेवाहरू प्राप्त गर्न सक्नेछन्।
यस डिजिटल काउण्टरको सुरुवातसँगै अब ग्राहकहरूले बैंकिङ सेवाका लागि कार्यालय समयको पर्खाइ र काउण्टरमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको छ र निकट भविष्यमा अन्य स्थानमा समेत विस्तार गरिने बैंकले जनाएकाे छ।
यस नवीनतम सेवाबाट ग्राहकहरूले पर्याप्त लाभ उठाउनुहुनेमा बैंकले विश्वास व्यक्त गरेको छ।