उन्नति माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का, सहकार्यसँग मर्जर सहमति



Nepali Paisa

काठमाडौं : उन्नति माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि आइतबार देखि सेयर कारोबार रोक्का भएको हो । मर्जर सहमतिपत्रमा उन्नति माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन् ।
 

अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । उन्नति माइक्रोफाइनान्स सर्वसाधारणमा सेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेको कम्पनी हो । यता, सहकार्यले भने अहिलेसम्म आइपीओ जारी गरेको छैन ।
 

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । यस्तै, सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले पनि १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ र सहकार्यको १ करोड ४० लाख रुपैयाँ छ । 

Read More
  • Financial Notices