महुली लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुस १९ गते एफपीओ बाँडफाँटको तयारी गरेको जनाएको छ । 

एफपीओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । सिडिएस क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

एफपीओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२ दशमलव ३४ गुणा बढी हो ।

Read More
  • MBL - below news
  • EBL Ad news